वर्षाले रोकियो नेपाल र भारतको खेल
काठमाडाैं | भदौ १८, २०८०
काठमाडौं: एसिसी एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेल वर्षाका कारण पुनः खेल रोकिएको छ ।
३७.५ आभेरमा नेपाल १७८-६ को स्थितिमा छ । दीपेन्द्रसिंह ऐरी २७ रन र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन् ।
श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ शेख अर्धसतक बनाएर आउट भएका छन् । आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन् । यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो । भिम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन, गुल्शन झा २३ रन बनाएर पेभिलियन फर्किएका छन् । भारतका रविन्द्र जडेजाले तीन तथा मोहम्मद रिजाले दुई विकेट लिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

